अनुका लामाको ``यथार्थ कहानी´´ एल्बमले एसरी बजार तताउदै हेर्नुहोस पूरा भिडियो


सब्दमा यथार्थ,भाबानामा यथार्थ,जिबनमा यथार्थ,,अनुका  लामाको लोक गीति एल्बम"यथार्थ कहानी"Halesi Music Company मार्फत बजारमा आएको छ।सन्दीप स्याम्चेन तामाङ्गको शब्द तथा लय,राजु खड्काको एरेन्ज,अनुका लामा र मोहन खड्काको स्वर रहेको उक्त लोक गीति एल्बममो निर्देशन आर बी लामा सिङ्दानले गरेका छन भने सरगम श्रेष्ठ र केशब तामाङ्ग ले अभिनय गरेका छन।

सिन्धुपाल्चोक कर्म थलो भै काभ्रे तेमालमा जन्मेकी यी गायिका अनुका लामाको यो तेस्रो कोशेली हो।एल्बम हिमाल पहाड तराई र आकाशको जुन तारा नामक एल्बमको सफलता सङ्गै "यथार्थ कहानी"आफ्नो तेस्रो एल्बम को रुपमा दर्शक माझ पस्केकी छिन।

मिजासिलो स्वभाब,मीठो बोली र सधै हसिलो देखिने यी गायिका अनुका लामाको सपना भबिस्यमा असल र सफल गायिका बन्ने रहेको छ।आफू अगाडि बड्नुमा घर परिवारको सहयोग र साथिभाईको सपोर्ट भएकोमा यिनी खुशी छिन।भबिस्यमा सङ्गीतको अध्यन सङ्गै यो भन्दा मिठामिठा गित सङ्गीत पस्किने ईच्छा रहेको बताउछिन।सानै बाटा सङ्गीतको मोह र ईच्छा भएकोले अब सङ्गीत नै आफ्नो जीवन र अन्तिम उद्देश्य रहेकोले यसलाई निरन्तरता दिने दृढ बिस्वास यिनीमा देखिन्छ।प्राय लोक गित गाउन रुचाउने यी गायिका अब सेलो गित र समय सुहाउदो गित सङ्गीत पस्किने कुरा बताउछिन।गित सङ्गीत प्रतिको लगाब र मनोबलको कदर गर्दै भबिस्यमा साङ्गीतिक शिखर चुम्न सफल होस हाम्रो पनि शुभकामना छ।
आर बी लामा सिङ्ग्दान-साङ्गीतिक सम्बादाता ।