स्वस्तिका दुलाल अब नेपाली साङ्गीतिक क्षेत्रमा ..

ओखलढुंगा स्थाई घर भै काठमाडौलाई आफ्नो कर्म भुमी बनाएकी नव गायिका स्वस्तिका दुलाल अब नेपाली साङ्गीतिक क्षेत्रमा उदयमान नाम हो।भनिन्छ गुराँस भिरमा फुल्छ तेस्तै दुर्गम जिल्ला ओखलढुंगाकि यी नव गायिकाको साङ्गीतिक भबिस्य उनको स्वर सुने पछि जो कोहिले लगाउन सकिन्छ।चुल्बुलेस्वभाबको यी नव गायिका मिजासिलो र दयालु पनि छिन।"म एक दिन यो देशको स्टार गायिका भएरै छोड्छु"-यिनीले बोलेको यो सब्दमा उच्च ईच्छा र उच्च मनोबल प्रस्ट देखिन्छ।
यो प्रेम गर्दा बोलको हालसालै रेकर्डिङ गरिएको यो गित यिनको पहिलो कोसेली हो जुन गितमा शब्द राजु खड्का ,सङ्गीत रिता बिस्ट,एरेन्ज स्वयम् राजु खड्का कै रहेको छ भने निर्माता सन्तोष रेग्मी रहेको छ।यो गित सुन्ने जो कोहिले यो गित हिट हुने कुरामा ठोकुवा गर्छन।उक्त गितको म्युजिक भिडियो निर्माण गर्न लागिएको र छिट्टै बजारमा ल्याउने तयारी रहेको कुरा गायिका ले बताउँछन् ।नव गायिका स्वस्तिका दुलाललाई हाम्रो शुभकामना ।