दाता त केवल भगवान हो दास त निमित्त मात्र हो:नारायण दास नागा जी

दाता त केवल भगवान हो दास त निमित्त मात्र हो:नारायण दास नागा जी

अहिले समय भनेको बिश्व नै संकट भएको समय हो कोरोना भाइरस को कारणले देश बिदेश मा सम्पुर्ण मानव जाति अलपत्र परेका छन् सबै दुखि छन कतिपय  व्यक्ति अाफ्नो रोजगारी को कारण बिदेश मा अलपत्र परेका छन् कोहि अध्यान गर्ने सिलसिलामा विभिन्न स्थानहरुमा बस्दै अाएका छन् यसै क्रममा नेपालका पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म का भाई बहिनी हरु संस्कृत अध्यानको लागि भारत को मथुरा वृन्दावन मा बस्दै अाएका छन lock down को कारण ले भोजन पानी को समस्या आर्थिक  समस्या को स्थिति उत्पन्न हुन गयो.

यस महामारी को बिचमा एकजना बाबा जो लुम्बिनी अन्चल अर्घाखाँची जिल्ला अड्गुरी पन्थी परिवार मा जन्मयेर विगत का वर्ष  देखि सोही वृन्दावन मा बस्दै अाउनुभएका नारायण दास नागा बाबा को मन मा भोका लाई भोजन र प्यासो व्याक्ती लाई  पानी को सेवा गर्नु पर्छ भन्ने उदेश्य लियेर सम्पुर्ण विद्यार्थी लाई  राशन वितरण को कार्य सुरु गर्नु भयो।

भिक्षा मागेर भएपनि कुनै पनि नेपाली विद्यार्थी हरुलाइ भोकै बस्न दिदैन भन्ने संकल्प लिएर अगाडि बढ्नु भयो।

अहिले सम्म करिब  250 जना  विद्यार्थीहरु लाई  बिगत 2 महिना देखि रासन बितरण गरिसक्नु भयो र अहिले पनि विद्यार्थीहरु लाई परेका विभिन्न समस्याको समाधान गरिराख्नु भएको छ।।
उहाको यश कार्य को उत्साह बढाउदै सोही वृन्दावन धाम स्थित विभिन्न नेपाली  सङ संस्था ब्यक्ति विशेष विद्यार्थीबर्ग हरुका   सहयोगी हात हरु  बढ्दै गएका छन।।

आश्रम हरु बाट निकाली दिएका विद्यार्थीहरु लाई अन्य स्थानहरु मा सुरक्षित व्यवस्था मिलाउनु भएको छ, कोठा किराय देखि लिएर आश्रम बस्ने,नेपाल जाने सम्म का पहल हरु निरन्तर  ब्यक्तिगत रुपले   गर्दै अाउनु भएको छ।

आगामी दिन हरुमा पनि सेवा भाव मै जीवन बिताउने उहाको मुख्य उदेश्य हो।


दाता एक राम
भिखारी सारी दुनियाँ
दास त निमित्त मात्र हो उहाको भनाइ छ।।।