भारत को वृन्दावन मा हजारौं भोका नेपालीहरुको अन्नदाता बन्नुभयो (एक साधु)






भारत को वृन्दावन मा हजारौं भोका नेपालीहरुको अन्नदाता बन्नुभयो(एक साधु)


     नारायण दास नागा बाबा 
सर्व प्रथम सबैलाई आ आफ्नै घरमा बसी आफु पनि बाचौं, अरुलाई पनि बचाऔं र समाज लाई पनि बचाऔं अनि  विश्वबाट यस महामारी लाई भगाएर शान्ति कायम गर्न डाक्टर, नर्स, पुलिस, पत्रकारहरु लाई सहयोग गरौं ।

“साधु एक अनौठो शब्द झट्ट स्ुन्दा हामीलाई एक गेरुवस्त्र लगाई शरीरमा एक अनेक किसीमका भस्म लगाई मन्दिरको  अगाडी कपडा फिजाई माग्न बस्ने  जटाधारी बाबा लाई सम्झीने गरेका छौ । शाब्दीक भाषामा होच्चाएर भन्दा भिखारी तर यो सरासर गलत हो  मनमा  यस्तो विचार आाउछ भने आजैबाट निकालेर फाल्नुहोस । किन भन्दै प्रश्न गर्नुहोला फेरी ? हो त्यस प्रश्न लाई छेदन गरी साधु शब्द एक उच्चतम हो भन्न एक महान साधु जो नेपालको दिब्य भूमिमा जन्मलिएर आफ्नो समस्या लाई उजागर गर्न भारतको  उत्तर प्रदेश, मथुरा वृन्दावनमा धेरै समय बाट बस्दै आउनु भएको  छ । अर्घाँखाची जिल्लाको पन्थी परिवार बाट जन्मलीई कालान्तरमा साधु नागा साहिमा जिवन व्यतित गर्ने निर्णय लिनु भयो । यस वृन्दावनमा हजारौं गरीब नेपालीका सन्ततीहरु शास्त्रविद्या द्दारा राष्ट्रोन्नतिका लागि अनेक धर्मग्रन्थ अध्ययनका लागी आउने गर्दछन् । 
यहाँ ति नेपालीहरु विभिन्न मठमन्दिरमा र भाडाको कोठामा वस्दै आएका छन् । यसै विच अचानक विश्वसहित भारतमा पनि कोरोना भाईरसले स्थान लियो र अचानक देशमा लकडाउनको सिर्जना भयो । हो लकडाउन एक उत्तम मार्ग हो तर नेपाली लाई यसबाट दुखको सिर्जना भयो यस परदेशमा भाडाको घरमा बसि जिविको पार्जन कसरी गर्ने भन्ने असरमा हजारौं गरीव नेपाली पर्न गए लकडाउनको समय वित्दै गयो नेपाल सरकारको ध्यान धनि परिवारका धनि राष्ट्रमा रहेका सन्ततीमा मात्रै केन्द्रित हुन गयो । तर के गर्नु गरीब परीवारमा जन्म लिई भारतमा आफ्नो राष्ट्रोन्नतिका निम्ति अध्यायन गर्न आउने नेपाली लाई अभिशाप बन्न गयो जस्तो लाग्न थाल्यो र एक एक गर्दै नेपाली विद्यार्थी मारमा पर्नथाले अब के गर्ने भन्ने प्रश्न सवैको मनमा छ तर के गर्नु यहाँ कोहि धानि भएर मनका धनि नभएको र मन भएर धनका धनि नभएको परिस्थिति देखियो । यहाँका सारा नेपाली आश्रमहरु र संघ संस्थाहरु पनि मौन थिए । त्यसैबिच धन नभएता पनि मनका धनि एक नेपाली साधु नारायणदास नागा बाबा पिडित नेपाली लाई केहि सहयोग भनि आउनु भयो । भनिन्छनि “परः कार्येति साध्नोति ईति साधु) अर्थ अर्काको कार्यमा सहयोग गर्नुनै साधु हो । 
(परोपकाराय पुण्याय ) अर्थ अरुलाई परोपकार गर्नुनै धार्मिक पुण्य हो । 
(परोपकाराय सतां विभूतय) अर्थ जसरी नदि नाला मानव कल्याणका लागी बग्ने गर्दछन् । त्यस्तै साधु पनि अर्काको उपकारमा बाच्ने गर्दछन् । 
माथीका यि पंङ्गती आत्मासात् गर्दै बाहीर आउनु भयो तर के गर्नु कलीयुगमा धनविना केहि पूर्ण नहुने जस्तो लागेर चिन्तित हुनुभयो ।  संसार यस्तै छ 
     मै खाऊ मै लाऊ सुखसयल वा मोज म गरुँ ,, 
मनमा यस्तै गाह्रो अनुभव गर्दै हिम्मत नहार्ने अठोट लिई आफ्नो साथमा भएको साधुसेवास्वरुप राखेको १०,००० –दश हजार) बाट नै परदेशमा नेपाली लाई भोकै मर्न दिन्न भन्ने संकल्प लिएर त्यस पैसा बाट केहि पिडित लाई रासनका सामाग्री वितरण गरी सहयोग सुरु भयो । 
उहाँको यस कार्यलाई देखेर केहि स्थानियहरुले पनि जुटाउदै खाद्यान्न सामाग्री बाबा लाई दिनथाले फेरी यस दृष्यलाई देखि केहि संघ संस्था पनि सहयोगमा आए यि खवर जनताले थाहा पाई नेपाल बाट ब्यक्तिगत केहिरकम पनि पठाए र यी सबै वस्तुले यहाँ फसेका सबै पिडित नेपाली लाई बाबाले खाद्यान्न उपलब्ध गराउन थाल्नु भयो ।
हुदाहुदै दश हजार बाट थालनी सहयोग सुरु भई अहिले सम्म यहाँ ६ सय देखि माथी विद्यार्थी लगाएत केहि यहाका स्थानीलाई पनि दैनिक उपभोग्य सामानहरु चामल, दाल, तेल, तरकारी, आलु, नुन गरी पर व्यक्ति १५ दिनको दरले वितरण गरिसक्नु भयो । यस कार्य लाई देखेर केहि ब्यक्तिले उहाँ लाई वितरण गर्दा मिडिया लाई बोलाएर भिडियो गर्न भनि सल्लाह दिदा उहाँले 
        (सहयोग छपया नहि छुपाया जाता है )  
यस हिन्दि पंङ्कितद्वारा सबै लाई चुप बनाउदै जानु भयो अझ केहि संस्थाले त यस्तो विपद परिस्थितीमा समेत हाई लाईट मा आउन केहि खाद्यान्न वस्तु व्यक्तिगत बाबा लाईनै दिए जस्तो गरी खाद्यान्न विवरण कागजमा लेखी घोषणा पत्र जारी गरी सामाजीक संजालमा राखेर बाबाको व्यक्तिगत जीवनमा समेत आँच पुर्याउन खोजे, तरपनि अगाडी बढिरहनु भयो । बाबाको बस एउटै संकल्प छ अझै मजाको कुरा त आगामी दिनमा लकडाउन बढ्दै गए आफु एकछाक खाएर भिक्षामागेर भएता पनि कोहि नेपाली लाई भोकै मर्न नदिई परदेशको भूमिमा इज्जतका साथ स्वभिमानी नेपाली भई बाच्न दिने छु भन्ने संकल्प लिएका छन् । के अब साधु सन्तलेनै परदेशका नेपाली लाई भिक्षा मागेर पाल्ने हो ? की नेपाल सरकारले पनि ध्यानदिने हो ? के गर्नु सरकारको ध्यान धनिका छोरा छोरी बसेका धनि राष्ट्रतिर मात्रै केन्द्रित छ । याद राखेस गरीव पनि नेपाली हुन् र परदेश रहरले हैन अध्यायनका निम्ति बाध्यताले आएका हुन् । के यिनिहरु लाई बाच्ने अधिकार छ कि छैन नेपाल सरकार लाई प्रश्न ? 
र अन्त्यमा के भन्न चाहन्छु भने अगाडी नेपाल सरकारले आगामी दिनमा बाबाजी सँग सहकार्य गर्दै पिडीत नेपाली लाई खाद्यान्न सहित घरभाडा ब्यवस्था गरी परदेशी गरीव नेपाली लाई सहयोग गर्नु हुन्छ भन्ने आशा राखेका छौ । 
 यस्ता साधुलाई राष्ट्रले आफै चिन्हित गरी वेला वखतमा आफै केहि सम्मान गरी अगाडी अझैपनि सत्कार्यमा लाग्न प्रेरणा थप्नुहुन हार्दिक अनुरोध गर्दछौ । 
भगवन् राष्ट्रदेव श्रीपशुपतिनाथ लाई चाडै यो वैश्विक महामारी बाट मुक्त भई सारा देश विदेशमा रहनुहुने नेपाली सकुशल घर फर्किनुहोस भन्दै प्रार्थना गर्दछौ । 
“साधु” शब्द एक महान शब्दहो । हेराई र बुझाई भन्दा धेरै फरक र भिन्न छ ।
अस्तु