नेपाली साङ्गेतिक आकाश मा एक नौलो सुरुवात
गायक तथा संगीतकार :-प्रेम राज आचार्य
बिगत ६ बर्श देखि नेपाली साङ्गेतिक बाटो मा लागि परेक प्रेम राज आचार्य एक त्यस्ता ब्यक्ति हुन जस्ले अरु को दुख बुझ्ने र अरु को पीडा कस्ट लाई पनि आफ्नै काध मा लिने स्वभाव का छन।नेपाली संगीत मा पिछडिएका प्रतिभावान ब्यक्ती हरु लाई एक सफल कलाकार बनाउने र आफू पनि असल संगीतकर्मी बन्ने उद्देश्य रहेको संगीतकार आचार्य बताउछन।बिगत २ बर्स यता साङ्गेतिक फाट मा पुन पनि पाइला राखेका आचार्य अहिले निकै मिहेनत र परिश्रम गर्दै गरेको उहाँ स्वयं बताउनु हुन्छ।सानै बाट संगीत लाई मन पराउने र कबिता,मुक्तक तथा विभिन्न रचना देख्नासाथ गित बनाएर गाउने उहाँ को खुबी थियो र रुचि पनि।उहाँ ले संगीत का पाठ सिक्न को लागि धेरै ठाउँ धाएको बताउछन।विशेषत:संगीत का बारेमा केही कुरा सिक्ने मौका पुर्बेली गायक तथा संगीतकार भुपेन्द्र राई ,बलराम समाल तथा अन्य विशिष्ट ब्यक्ती हरु बाट औपचारिक रुपमा या अनौपचारिक रुपमा शिक्षा ग्रहण गरे।त्यस पछि नेपालमा बसेर केही गर्ने अवसर नपाए पछि उनी बिगत २ बर्स अघि मलेशिया काम को सिलसिलामा प्रस्थान गरे।नेपाल मा बसेर केही गर्न नसके पनि प्रबाश मा बसेर संगीत मा केही गर्छु भन्ने अठोट लिएका छ्न।
मलेशिया प्रस्थान गरे लगत्तै उहाँ ले आफ्नु पहिलो सिर्जना "तिम्रै लागि चल्ने धड्कन ""बोल को गित सबै सामु पुर्याएका थिए।त्यस्को माया र सद्भाव पाए पछि पछि आफ्नै शब्द अनि संगीत मा ""चोट लाग्दा बेहोसी मा" ,त्यस्तै रचना कार लोकेन्द्र मल्ल को शब्द मा संगीत गरि ""आउन मालिका "बोल को गित बजार सामु ल्याएका छन।
नयाँ प्रतिभा लाई प्राथमिकता दिदै उहाँ ले निकाल्नु भएका सबै गित मा नयाँ गायक को प्रस्तुती सुन्न सकिन्छ।यसरी पनि था हुन्छ उहाँ आफ्नु उद्देश्य मा लागिपरिरहनु भएको छ।
सुदुरपुर्ब इलाम जिल्ला ,गोदक गाबिस,वार्ड नो.९ मा बुबा योग प्रसाद आचार्य र आमा निर्मला आचार्य को कोख बाट जन्मिएका दोश्रो सन्तान हुन।
नेपाली संगीत को आकाश मा एक बेग्लै पहिचान बनाउन लागेका दोय संगीतकार प्रेम राज आचार्य को आउन लागेको गित "हार कि जित"तथा "" बिबश्ता"" पनि उहाँ को संगीत मा सुपर्ब म्युजिक प्राली।ले बजार ब्यबस्थापन गर्दै छ।उहाँ को "हार कि जित"गित मा शब्द "चुडामणी बिसि" को रहेको छ भने आवाज इमेज लोक कलाकार बाट नेपाली साङ्गेतिक आकश मा जमेका "रेश बिश्वकर्मा" को आवाज मा रहेको र "बिबश्ता"गित मा शब्द "सुश्मा तामाङ्ग"को र आवाज "एम बि मगर"को रहेको पनि बताएका छन।
त्यस्तै नेपाली भएर नेपाली गित संगीत मा रमाए रहेका प्रेम राज आचार्य अब को।केही महिना मा एउटा मलेशिया भासा को गित गाउने पनि जान्कारी दिनु भएको छ।उहाँ को यश सहासिलो बोली र प्रतिभा को कदर गर्छौ।साथसाथै मलेशिया भासा को गित मा स्वय प्रेम राज आचार्य कै संगीत रहने कुरा पनि बताए का छन।
हाम्रो तर्फ बाट उदाउदा एक नौला प्रतिभाशाली संगीतकार प्रेम राज आचार्य लाई मन,तन,हृदय बाट नै शुभकामना ब्यक्त गर्दछौ।
धन्यबाद

हार्दिक बधाई तथा शुभकामना महाराज जी