यो गित जस्ले समाज लाई नै एसरी रुवायो Superhit Nepali Sentimental Songs ...

मिलनको गित बजारमा अाउदा साएद नरुने कमै होलान अाफ्नो पिडालाई अाधार बनाएर एस्तो मनै रुवाउने गित बजारमा..

र हेर्नुहोस मिलनको साङ्गितिक जिवनि जस्ताको तस्तै ,,,
मिति २०७३/ २/३० मा मेरो जन्म भारतको पंजाब मा भएको हो र हाल मेरो घर पाल्पा जिल्ला मुझुङ्ग गा.वि.स वडा नं ८ हो तर पढाई अनि जागिरको शिलशिलामा म पाल्पाको तानसेनमा बस्ने गरेको छु । १० वर्षको उमेरमा मैले आफ्नो आमा बाबु गुमाए दुख गरेर पढाई गरे । मलाई विभिन्न संस्थाहरू जसमा सक्रिय सेवा समाज र प्रतिबद्ध सहयोग समुह,नेपाल परिवार नियोजन संघ पाल्पाले सहयोग गर्नु भयो र अहिले म उहांको सहायताले,हौसला,माया ममताले राम्रो जागिर पाएको छु ।

जागिर भन्ने कुरा त छुट्टै छ तर मान्छेको हरेक सपनाहरू हुन्छन जसमा मेरो एक सपना सांगितिक क्षेत्रमा मा छुट्टै नाम कमाउने... त्यसैले म आफ्नो सपना र उद्धेश्यलाइ पुरा गर्न सांगितिक क्षेत्रमा लागेको छु । मेरो पहिलो गिति एल्बम "मनको बह" हो जुन गीत मेरो वास्तविक जीवन कहानीमा आधारित छ  र जसमा मैले शब्द/संगीत गरेको छु र यस गीत लगत्तै "यो मायामा मैले धोका पा'को छु " ल्याए अब छिट्टै नै मेरा धेरै गीतहरू आउने तयारीमा छन् । मेरै स्वर,शब्द अनि संगीतमा सुपर्व म्युजिक प्रा.लि बाट २ वटा गीत "अधुरो पात्र र मेरो प्रेम " ल्याउने तर्खरमा छु । अरू पनि गीतहरू छन जुन बिस्तारै बिस्तारै ल्याउने छु जसमा "म मरेको खबर रेडियोमा आउदा,जल्यो मुटु जल्यो,गुलाबको फुल हौ तिमी,छोरी फिर्ता लैजाउ सासु " मलाई यो क्षेत्रमा सफल गायक तथा सर्जकका रूपमा चिनाउने हुने सम्पुर्णलाई धन्यवाद र विशेष धन्यवाद दाजु ओम छिनाल,केशव घिमिरे साथी श्रीधर पाण्डे ,गरिश्मा घिमिरे लगायत सिंड्गो प्रतिबद्ध सहयोग समुह,नेपाल परिवार नियोजन संघ पाल्पा र सक्रिय सेवा समाज पाल्पा